सरकारले ठोस योजना र कार्यक्रम बनाएर श्रमिकका समस्या समाधान गर्नुपर्छ ः कमल थापा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले सरकारले ठोस योजना र कार्यक्रम बनाएर श्रमिकका समस्या समाधान गर्नुपर्ने बताएका छन् । काठमाडौंमा अन्तर्राष्ट्रिय श्रम दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले कति वर्षमा देशभित्र रोजगारी सिर्जना गर्नसक्ने भन्ने बारेमा सरकारले स्पष्ट खाका तयार पार्न आवश्यक रहेको बताए । विदेशमा रोजगारीका लागि गएका लाखौँ युवाहरूलाई देशमै रोजगारी दिइ फिर्ता गर्नसक्ने अवस्था कहिले बनाउने ? भन्दै प्रश्न गरे ।



यही रफ्तारमा विदेश पलायन हुने अवस्था रहने हो भने नेपाल श्रमिक शून्य हुने मुलुकमा नेपाल पर्ने उनको भनाइ छ । श्रमिकहरूको पक्षमा ठोस र ऐतिहासिक निर्णय गर्न आवश्यक रहेको उनले बताए । “सरकारले ठोस योजना र कार्यक्रम बनाएर कति वर्षमा देशभित्र कति रोजगारी सिर्जना गर्नसक्ने हो र कति वर्षमा विदेशमा रोजगारीका लागि गएका लाखौँ युवाहरूलाई देशमै रोजगारी दिइ फिर्ता गर्नसक्ने अवस्था बनाउने हो, त्यसको स्पष्ट खाका, योजना र कार्यक्रम आम जनताको अघि ल्याउनको निमित्त आग्रह गर्दछु । अहिलेको अवस्था दयनीय छ, हामी श्रम दिवस मनाइरहेका छौँ, यही रफ्तारमा विदेश पलायन हुने अवस्था रहने हो भने नेपाल श्रमिक शून्य, श्रमिक न्यून राष्ट्रको रूपमा देखा पर्नेछ । श्रमिकहरूको पक्षमा ठोस र ऐतिहासिक निर्णय गर्न आवश्यक छ,“ उनले भने । अध्यक्ष थापाले श्रम ऐन संशोधन र सुधारका लागि सशक्त ढंगले अघि बढ्न आवश्यक रहेको बताए ।
Search
News Events
-
गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत –कमल थापा
June 17, 2021 -
टुकोनद्वारा रक्तदान, कमल थापाद्वारा टुकोनको प्रशंसा
June 17, 2021 -
संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (JTUCC)
June 17, 2021 -
टुकोन राष्ट्रिय सम्मेलन
June 17, 2021
Issue / Campaigns
-
टुकोन राष्ट्रिय सम्मेलन
June 17, 2021 -
Deputy Prime Minister and Foreign Minister Hon. Kamal Thapa Interview with BBC World
June 17, 2021 -
Deputy Prime Minister And Foreign Minister Hon. Kamal Thapa’s Speech in TUCON Nepal.
June 17, 2021
