टुकोनद्वारा रक्तदान, कमल थापाद्वारा टुकोनको प्रशंसा
काठमाडौं । राप्रपा नेपाल निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन)ले काठमाडौंको बालाजु बाईसधारा पार्कमा वृहद् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उपत्यकामा रगतको माग बढिरहेको अवस्थामा टुकोनले आयोजना गरेको उक्त रक्तदान कार्यक्रमले थप उत्साह प्रदान गरेको रेडक्रसले जनाएको छ ।
ट्रेड युनियन महासंघ नेपाल (टुकोन)को काठमाडौं जिल्ला कार्य समितिको तत्वावधानमा सम्पन्न सो कार्यक्रममा सहभागी हुने रक्तदाताहरुलाई प्रमाणपत्र प्रदान गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले रचनात्मक र सामाजिक काममा सकृयता देखाएकोमा खुशी प्रकट गर्नुका साथै टुकोन आबद्ध सबैको प्रशंसा गरे । सो अवसरमा पार्टी आबद्ध सबै जनवर्गीय संगठनलाई चलायमान भई संगठन केन्द्रित हुन समेत अध्यक्ष थापाले निर्देशन दिएका थिए ।



कार्यक्रममा राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौला र ट्रेड युनियन महासंघ नेपाल (टुकोन)का अध्यक्ष हिक्मतजङ्ग भण्डारीले यस्ता कार्यक्रमहरुलाई आगामी दिनमा निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गरे । सो अबसरमा टुकोनका काठमाडौं जिल्ला अध्यक्ष लाक्पा शेर्पाले करिब एक सय रक्तदाताहरुले रक्तदान गरेको जानकारी दिए ।




Search
News Events
-
गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत –कमल थापा
June 17, 2021 -
टुकोनद्वारा रक्तदान, कमल थापाद्वारा टुकोनको प्रशंसा
June 17, 2021 -
संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (JTUCC)
June 17, 2021 -
टुकोन राष्ट्रिय सम्मेलन
June 17, 2021
Issue / Campaigns
-
टुकोन राष्ट्रिय सम्मेलन
June 17, 2021 -
Deputy Prime Minister and Foreign Minister Hon. Kamal Thapa Interview with BBC World
June 17, 2021 -
Deputy Prime Minister And Foreign Minister Hon. Kamal Thapa’s Speech in TUCON Nepal.
June 17, 2021
