संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (JTUCC)

Spread the love

            संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (JTUCC)

मुलुकभित्र क्रियाशील ट्रेड युनियन केन्द्रहरुका फरक–फरक नीति, कार्यक्रम र मान्यता रहँदा रहँदै पनि सिङ्गो श्रमिक वर्गको समस्या, आवश्यकताहरु साझा र समान भएको यथार्थलाई मनन गरी

             श्रमजीवी वर्गको हक हितको संरक्षण र सम्वर्धन गर्न

             ट्रेड युनियन महासङ्घहरुका वीचमा सहकार्य गर्न र

             श्रमिकका विषयहरुमा एकरुपता कायम गरी साझा धारणा विकास गर्ने उद्देश्यकासाथ २०६२÷०६३ को लोकतान्त्रिक आन्दोलनको पृष्ठभूमिमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र ९व्त्ग्ऋऋ०  को २०६४ सालमा स्थापना भएको हो ।

हाल जेटीयूसीसीमा श्रम विभागबाट मान्यताप्राप्त १० वटा ट्रेड युनियन केन्द्रहरू र करिव १७ लाख सदस्यहरु आवद्ध छन् ।

             नेपाल ट्रेड युनियन महासंघ (GEFONT)        

             नेपाल ट्रेड युनियन काँगे्रस (NTUC) 

             अखिल नेपाल ट्रेड युनियन महासंघ (ANTUF)

             राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ (NDCONT)

             नेपाल ट्रेड युनियन महासंघ स्वतन्त्र (IFONT)

             समाजवादी ट्रेड युनियन महासंघ नेपाल (STUC)

             राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ नेपाल  (NDFONT)

             ट्रेड युनियन महासंघ नेपाल (TUCON) अध्यक्ष हिक्मत जंग भण्डारी (९८५१०९७४९६)

             मधेशि ट्रेड युनियन महासंघ नेपाल (MTUC)

             नेपाल राष्ट्रिय कर्मचारी महासंघ (NEFON)

             JTUCC का उपलब्धीहरु

विविधतामा एकताको नारा सहित  सहकार्यको यात्रा निरन्तर जारी ।

             (जेटीयुसीसी) दक्षिण एशियामा एउटा सफल नुमना तथा असल अभ्यासको रुपमा स्थापित भएको छ

             विभिन्न कारणबाट बिभाजित रहेको नेपालको ट्रेड यूनियन आन्दोलनले विभिन्न उतार चढावहरु पार गर्दै अघि बढ्ने क्रममा, JTUCC ले श्रमिकका विभिन्न समस्याहरु समाधान गर्नुका साथै श्रमिकका अधिकारहरुलाई स्थापित गर्न सकेको छ ।