About Us

Spread the love

Trade Union confederation Of Nepal (TUCON)

ऐतिहासिक जनआन्दोलनमा श्रमिकहरुले देखाएका उत्साह एवम् बलिदानका निमित्त संविधानबाट पारित भएको संघ संगठन खोल्न पाउने अधिकारलाई आत्मसात गर्दै श्रमिक , व्यवस्थापक र राज्यको समन्वयकारी भूमिकालाई अझ प्रभावकारी   बनाई श्रमिकको हकहितको स्ंरक्षण र संवृद्धीका लागि मुलुकभरिका शरिरिक तथा मानसिक रुपमा श्रम गर्ने समस्त श्रमिकहरु तथा श्रमिक संघहरुलाई संगठित गर्नुपर्ने अपरिहार्यतालाई महसुस गर्दै ट्रेड युनियन महासंघ नेपाल ( टुकोन ) को स्थापना भएको हो । 

  • हरेक  नेपाली श्रमिकहरुको आधारभुत मानवअधिकार सुरक्षित गरी समानता र स्वतन्त्रताको आधारलाई व्यापक रुपमा सुधृढ गर्ने ।
  • उदार आर्थीक नितीको अवलम्बन गर्दै सबल र समुन्नत नेपाल निर्माण गर्ने ।
  • बलियो राष्ट्रवादी प्रजातान्त्रीक शक्ती निर्माण गर्ने उदेश्यका साथ राष्ट्रियता, प्रजातन्त्र र उदारवादप्रती प्रतिबद्ध रही सम्वर्धनवादको आधारमा नेपालको ट्रेड युनियन आन्दोलनलाई अगाडी बढाउने ।     

ट्रेड युनियन महासंघ नेपाल ( टुकोन ) का उद्देश्यहरु:

क ) विभिन्न क्षेत्रमा संलग्न रहेका श्रमिक तथा संघहरुलाई संगठित गर्ने ।

ख )  श्रमिकहरुको पेशागत हकहितको संरक्षण र सम्वर्धन गर्ने ।

ग ) प्रजातान्त्रीक मान्यता अनुरुप श्रमिकको आर्थीक जिवनस्तर   उकास्न कृयाशील रहने ।

घ ) श्रमिक र व्यवस्थापन बिच पारस्परिक सम्बन्ध विकासमा सहयोग पुर्‍याउने ।

ङ ) श्रमिकसँग सम्बन्धित कुराहरुमा श्रमिक वर्गको प्रतिनिधित्व गर्ने ।

च ) समान लक्ष्य र सिद्धान्तका अन्तरराष्ट्रीय संगठनहरु बीच भ्रात्रीत्वपुर्ण सम्बन्धको विकास गर्ने ।

छ ) रोजगार र रोजगारमुलक व्यवसायको बृद्धि गर्न र गराउन सरकारलाई दबब दिने ।

ज ) श्रमिकहरुको वृत्ती विकासका निमित्त केन्द्रिय तथा अन्तरराष्ट्रिय स्तरका तालिम , गोष्ठी तथा सेमिनारको संचालन र सहभागिता गर्ने र गराउने ।

झ )श्रमिक र उनीहरुको परिवारको हित र कल्याणका निम्ती आवश्यक र उपयुक्त कार्यक्रमहरु संचालन गर्ने ।

ञ ) विश्वशान्ति , मानवअधिकार र पर्यावरण संरक्षणका लागि प्रयत्नशील रहने ।

ट ) सामाजिक सुरक्षा , बालश्रम उन्मुलन र लैङ्गिक  समानता  लगायत विविध सामाजिक कृयाकलापहरु गर्ने।      

टुकोनको कार्यहरु :

एनको दफा ११ बमोजिम सबै प्रकारको रोजगारीमा रहेको श्रमिकसँग रोजगार सम्झौता गरिएको वा नियुक्ति पत्र प्रदान गरिएको छ वा छैन । वि

विदेशी नागरिकलाई काममा लगएको भए एनको परिछेद्-६ र नियमावलीको परिछेद्-३ बमोजिम विदेशीलाई काममा लगाउदा श्रम इजाजत लिइएको छ वा छैन ।

१८ बर्ष पुरा नभएका कुनै बालबालिकलाई काममा लगाइएको छ वा छैन ?

प्रशिक्षार्थी लाई काममा लगाइएको अवस्थामा एनको दफा १६ ताथा १७ को पालना गरिएको छ वा छैन ?

तालिमीलाई काममा लगाइएको छ वा छैन ? तालिमीलाई काममा लगाउँदा एनको दफा १८ बमोजिम पारिश्रमिक वा सुविधा अन्य श्रमिक सरह दिइएको छ वा छैन ?

आंशिक रोजगारिमा श्रमिक कार्यरत छन्, वा छैनन्, ? भएमा एनको परिछद्-५ बमोजिम सुविधा ताथा सुरक्षा प्रदान गरिएको छ वा छैन ?

एनको दफा २८ बमोजिम श्रमिकलाई दैनिक आठ घण्टा र सप्ताहमा अठचालिस घण्टा भन्दा बढी काममा लगाउने गरिएको छ वा छैन ?

पाँच घण्टा काम गरेपछी आधा घण्टा विश्रामको समय दिने गरिएको छ वा छैन ? कार्यसमय भन्दा बढी काम गरेमा दफा ३१ बमोजिम अतिरिक्त पारिश्र्मिक दिने वा सुविधा दिने गरिएको छ वा छैन ?

टुकोन आगत

श्रमिकहरुको वृत्ति विकासमा सहयोग भूमिका निर्वाह गर्ने | जस्तै:
S = Self Awareness
O = Opportunity Awareness
D = Decision Making and Planning
I = Implement plan

टुकोन आगत (अब आउने दिन )
* पेशागत आचरण नैतिक मूल्य र मान्यताको स्थापित गर्ने |
* पेशागत मर्यादाको आचरण मापदण्डलाई अग्रिकार गर्ने |
– स्वार्थहीनता
– सदाचार
– वस्तुपरक
– जवाफदेहिता
– खुल्लापन
– इमान्दारिता
– नेत्तृत्व
– आर्थिक तथा सामाजिक आचरण कायम गर्ने

दुरगामी सोच
स्वदेश तथा विदेश श्रम बजारमा प्रतिस्पर्धा गर्न सक्न्ने दक्ष र सीपयुक्त जनशक्तिको उत्पादनबाट रोजगार एव स्वरोजगारका अवसरहरु सिर्जना गर्नुका साथै विभेदरहित, सुरक्षित, मर्यादित र स्वस्थ काम गर्न वातावरण प्रदान गरि राष्ट्रिय अर्थव्यवस्थाको स्रुद्दीकरण र गरिबी नवरणमा योगदान पुर्याउने आवधिक योजनामा श्रम सम्बन्धी क्षेत्रको दुरगामी सोच (Vision) रहेको छ |

टुकोनको कार्यहरु
– महिलालाई सुर्यास्त पछि वा सुर्योदय अघिको समयमा काममा लगाउदा एनको दफा ३३ बमोजिम यातायात र सुरक्षाको प्रबन्ध गरिएको छ वा छैन ?
– न्युनतम पारिश्रमिक भन्दा कम हुने गरि कुनै स्रामिक्लाई पारिश्रमिक प्रदान गरिएको छ वा छैन ?
– एनको दफा ३६ बमोजिमको वार्षिक तलववृद्दी (ग्रेड ) दिने गरिएको छ वा छैन ?
– पारिश्रमिक भुक्तानीको अवधिको अन्तर एक महिनाभन्दा बढी हुने गरेको छ वा छैन ?


– एनको दफा ३७ बमोजिम चाडपर्व खर्च श्रमिकलाई प्रदान गर्ने गरिएको छ वा छैन?
– एनको परिच्छेद – ९ बमोजिम निम्न बिदाहरू श्रमिकलाई कति दिने गरिएको छ ? (संख्या उल्लेख गर्ने)
* साप्ताहिक बिदा
* सार्वजनिक बिदा
* घर बिदा
* बिरामी बिदा
* प्रसुति बिदा
*किरिया बिदा
* सट्टा बिदा

– एनको दफा ७७ बमोजिम जुनसुकै प्रकारको दुर्घटना समेट्ने गरी बिमा गरिएको छ वा छैन ?
– एनको दफा ६८ बमोजिम सुरक्षा र स्वास्थ्य नीति तर्जुमा गरी कार्यान्वयन गरिएको छ वा छैन?
– मागपत्र पेश भरिएको भए कहिले पेश भएको थियो ?
मिति उल्लेख गर्ने ? वार्ता जारी रहेको वा सम्झौता भैसकेको भए अवस्था उल्लेख गर्ने | सम्झौता भएको भए सम्झौताको मिति?
सामुहिक सौदाबाजीको क्रममा हडताल वा तालाबन्दी भयो भएन ?

केन्द्रीय कार्यसमिति सदस्य

Hikmat Jung Bhandari

President