गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत –कमल थापा
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय धर्म निरपेक्ष गणतन्त्र भ्रष्टहरु उत्पादन गर्ने कारखानामा परिणत भएको बताएका छन् । अहिलेको व्यबस्थाबाट देशमा शान्ती, स्थायित्व र आर्थिक बिकासको सम्भावना नभएको भन्दै थापाले उदास, हतास र निरासालाई चिर्न व्यबस्था परिवर्तन जरुरी भएकोमा जोड दिए । ट्रेड युनियन महासंघ नेपाल (टुकोन) ले आयोजना गरेको १३६ औं श्रमिक दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले सम्पूर्ण राजावादी, हिन्दुवादी एक हुनुपर्ने अहिले समयको माग भएको समेत स्पष्ट पारेका थिए ।

वर्षा मौसम शुरु हुनु अगावै हामीले आन्दोलनको वातावरण निर्माण गर्नुपर्ने भन्दै थापाले समान विचार भएकाहरु सबैले साझा मोर्चा बनाएर अघि बढ्न ढिला गर्नु नहुनेमा जोड दिए । सम्पूर्ण श्रमिकहरुमा बधाई शुभकामना दिदै थापाले राप्रपा नेपाल सदैव श्रमिकको हक हितको पक्षमा रहेको समेत स्पष्ट पारे । कार्यक्रममा राप्रपा नेपालका उपाध्यक्ष तारानाथ लुइँटेल, तेज कुमार कुरुम्वाङ, यवती कार्की, टुकोनका अध्यक्ष हिक्मतजङ्ग भण्डारीलगायतले सम्बोधन गरेका थिए भने टु्कोनका उपाध्यक्ष अजेलिया रन्जितकारले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।

रक्तदान र श्रमिक सम्मान
१३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा टुकोनले रक्तदान कार्यक्रम आयोजना गरेको थियो भने सोही कार्यक्रममा श्रमजिवी पत्रकारलाई सम्मान समेत गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीको सिद्धिचरण हलमा सम्पन्न कार्यक्रममा संगठन आबद्ध दर्जनौं नेता कार्यकर्ताहरूले रक्तदान गरेका थिए ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा लामो समयदेखि श्रमिकहरुको आवाजमा कलम चलाउँदै आएका पत्रकार एवं टुकोनको मुखपत्र ‘परिश्रम’ का सम्पादक कृष्ण खनाललाई सम्मानसहित पुरस्कृत गरिएको थियो ।










Search
News Events
-
गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत –कमल थापा
June 17, 2021 -
टुकोनद्वारा रक्तदान, कमल थापाद्वारा टुकोनको प्रशंसा
June 17, 2021 -
संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (JTUCC)
June 17, 2021 -
टुकोन राष्ट्रिय सम्मेलन
June 17, 2021
Issue / Campaigns
-
टुकोन राष्ट्रिय सम्मेलन
June 17, 2021 -
Deputy Prime Minister and Foreign Minister Hon. Kamal Thapa Interview with BBC World
June 17, 2021 -
Deputy Prime Minister And Foreign Minister Hon. Kamal Thapa’s Speech in TUCON Nepal.
June 17, 2021
