राप्रपा नेपालले राजसंस्थाको विषयमा लिएको नीतिमा पुनर्बिचार गर्छ :- कमल थापा
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीले राजसंस्थाको बिषयमा लिएको नितिमा पुनर्बिचार गर्ने बताएका छन् । मुलुकको भुराजनितिक अबस्थालाई दृष्टिगत गर्दै राजसंस्थाको औचित्य र आबश्यकता रहेको हुदाहुदै पनि पार्टीले तत्काल कार्यनीतिमा नराखेको अबस्थामा केन्द्रिय समिति बैठकमा ब्यक्त धारणा र देशभरिका कार्यकर्ताको भावनाको सम्मान गर्दै राजसंस्थाको बिषयमा लिईराखेको नितिमा पुनर्बिचार गरिने थापाले स्पष्ट पारे । आज पार्टी आवद्ध जनबर्गिय संगठनको संयुक्त भेलालाई सम्बोधन गर्दै थापाले काङ्ग्रेस कम्युनिस्ट प्रती जनताको चरम बितृष्णा रहेको र नयाँ शक्तिको रुपमा आएका पार्टीहरु सत्ता केन्द्रित भएको अबस्थामा २०८४ को निर्बाचनमा नयाँ शक्ति जनताको रोजाई हुने समेत थापाले भबिस्यबाणी गरे ।
थापाले त्यो नयाँ शक्ति राप्रपा नेपाललाई बनाउनु पर्ने भन्दै सबै जनबर्गिय संगठनहरुलाई संगठन केन्द्रित हुन निर्देशन दिए । भ्रष्टाचार , बेरोजगारी , धर्मपरिबर्तन र कुशासनको विरुद्धमा जनतालाई जगाउनु पर्ने भन्दै थापाले जनताको पक्षमा दृढतापुर्बक उभिन समेत आग्रह गरे । राप्रपा नेपाल असल बिचार , निष्ठावान कार्यकर्ता र इमानदार नेतृत्वको बलमा उठ्ने र आगामी दिनमा एउटा शक्तिशाली बैकल्पिक शक्ति बनाएरै छाड्ने थापाले दृढता ब्यक्त गरे । ट्रेड युनियन महासङ्ग नेपाल (टुकोन)का अध्यक्ष हिक्मतजङ्ग भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा जनबर्गिय संगठनका प्रमुखहरुले कार्ययोजना सहित भाबी रणनीति प्रस्तुत गरेका थिए ।

Search
News Events
-
गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत –कमल थापा
June 17, 2021 -
टुकोनद्वारा रक्तदान, कमल थापाद्वारा टुकोनको प्रशंसा
June 17, 2021 -
संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (JTUCC)
June 17, 2021 -
टुकोन राष्ट्रिय सम्मेलन
June 17, 2021
Issue / Campaigns
-
टुकोन राष्ट्रिय सम्मेलन
June 17, 2021 -
Deputy Prime Minister and Foreign Minister Hon. Kamal Thapa Interview with BBC World
June 17, 2021 -
Deputy Prime Minister And Foreign Minister Hon. Kamal Thapa’s Speech in TUCON Nepal.
June 17, 2021
