देशभर राप्रपा नेपालको विरोध प्रदर्शन

काठमाडौं । राप्रपा नेपालले देशव्यापी रुपमा गरेको शान्तिपूर्ण विरोध प्रदर्शन सम्पन्न भएको छ । संघीय गणतन्त्रको नाउँमा कायम भ्रष्ट व्यवस्थाको अन्त्य तथा राजसंस्था र हिन्दुराष्ट्र पुनस्र्थापना तथा संघीयताको खारेजीको माग राखेर राप्रपा नेपालले विरोध प्रदर्शन गरेको हो । प्रदर्शनको क्रममा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता बोकेको भ्रष्ट शासक र भ्रष्ट व्यवस्थाको पुत्ला दहन समेत गरिएको थियो । यस क्रममा राप्रपा नेपालका सहायक महामन्त्री एवं ट्रेड युनियन महासंघ नेपाल (टुकोन) का अध्यक्ष हिक्मत जंग भण्डारीको नेतृत्वमा राँकेजुलुस सहित निस्किएको विरोध ¥याली विशालनगर चोकमा भ्रष्ट व्यवस्थाको पुत्ला दहन गरी समापन भएको थियो । पार्टीले शान्तिपूर्ण रुपमा गरेको विरोध प्रदर्शनमा विभिन्न जिल्लाहरुमा प्रहरी प्रशासनले धरपकड र हस्तक्षेप समेत गरेको थियो । काठमाडौंमा पार्टीका काठमाडौं जिल्ला अध्यक्ष श्याम घिमिरे, सहायक महामन्त्री धनबहादुर थापा, ट्रेड युनियन महासंघ नेपाल (टुकोन) का महासचिव आनन्द रिसाल, केन्द्रीय सदस्य कृष्ण कार्की तथा हेटौंडामा पार्टी जिल्ला सचिव भृगु कार्की सहित रमेश चौँलागाई, रोम सापकोटा, नवराज अधिकारी, कृष सापकोटा र कृष्चल सापकोटालाई प्रहरीले पक्राउ गरेको थियो ।
Search
News Events
-
गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत –कमल थापा
June 17, 2021 -
टुकोनद्वारा रक्तदान, कमल थापाद्वारा टुकोनको प्रशंसा
June 17, 2021 -
संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (JTUCC)
June 17, 2021 -
टुकोन राष्ट्रिय सम्मेलन
June 17, 2021
Issue / Campaigns
-
टुकोन राष्ट्रिय सम्मेलन
June 17, 2021 -
Deputy Prime Minister and Foreign Minister Hon. Kamal Thapa Interview with BBC World
June 17, 2021 -
Deputy Prime Minister And Foreign Minister Hon. Kamal Thapa’s Speech in TUCON Nepal.
June 17, 2021
