टुकोनले श्रम मन्त्रीलाई बुझायो ध्यानाकर्षण पत्र
काठमाडौं । राप्रपा निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन) ले श्रमिक सम्बन्धि सामाजिक सुरक्षा कोषको विषयमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीलाई ४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । महासंघका अध्यक्ष हिक्मत जंग भण्डारीको नेतृत्वमा सचिबालय प्रमुख एवं प्रथम उपाध्यक्ष आनन्द कुमार रिसाल, उपाध्यक्ष उत्तम राज उपाध्याय, महासचिब बद्री कुमार श्रेष्ठ सम्मिलित टोलीले श्रम मन्त्रालय पुगेर ध्यानाकर्षण पत्र बुझाएको हो ।
टुकोनले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री विमल श्रीवास्तवलाई बुझाएको ध्यानाकर्षण पत्रको पूर्ण पाठ यस्तो छ – ‘सामाजिक सुरक्षा योजना लागू गर्न नेपालमा क्रियाशिल ट्रेड यूनियन महासंघहरू, उद्योग व्यवसायीहरूका बिच २०६७ साल मा सहमती गर्दै अगाडी बढ्ने निर्णय भएको थियो । करिब नौ वर्ष सम्म सामाजीक सुरक्षाकोषमा श्रमिक र रोजगारदाता सूचिकृत प्रकृया, योगदानकर्तालाई दिने सुविधा, वितरण विधी सम्बन्धमा दुई पक्ष, त्रिपक्षीय, वहुपक्षीय छलफल, गोष्ठी, सेमिनार भएको थियो । लामो प्रयास पछिको परिणाम योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ जारी भएको यथार्थ हो । श्रम ऐन, २०७४ ट्रेड यूनियन ऐन सहमती बाटै जारी भएको हो ।


क) राज्यको तर्फबाट विधिसम्मत तरिकाले सबै पक्षको सहमतीमा आएको ऐन नियम सबै सरोकारवालाहरूबाट कार्यान्वयन गर्नेतर्फ उन्मुख हुनु सबै पक्षको कर्तव्य हुने हुँदा योगदानमा आधारीत सामाजिक सुरक्षा कोष वैज्ञानिक तवरबाट कार्यान्वयन गराउन मन्त्रीज्यूको ध्यानाकर्षण गराउदछौंं ।
ख) सरकारद्वारा सामाजिक सुरक्षाकोषको घोषणा समारोह २०७५ मंंसिर ११ गते सरकार, ट्रेड युनियन महासंघरू, उद्योगी व्यवसायीहरू, आईएलो, राजनीतिक पार्टीहरूको समेत उपस्थितीमा भएको सामुहिक दस्ताबेज हो भने, सम्मानीत सर्वोच्च अदालतबाट कानुन विपरीत हुने गरी सेवा, सुविधा, पारिश्रमिक कटौती गर्न नपाउने फैसला धेरै पहिले नै भएकोले खाईपाई आएको सुविधा कटौती लगायत विषयमा नअल्मली कार्यान्वयन पक्षमा अग्रसरता देखाउन माननीय मन्त्रीज्यू समक्ष टुकोन माग गर्दछ ं।
ग) विशेष गरि यातायात श्रमिक यो महामारीबाट निकै प्रभाबित छन् । स्वरोजगार श्रमिकहरूको निशेधाज्ञा अवधीभरको बैंक ब्याज मिनाह होस्, साथै यातायात श्रमिकहरू र असंगठीत क्षेत्रका श्रमिकहरूलाई राहत, रोजगारी, एवं खोपको प्रबन्ध मिलाईयोस् ।
घ) माननीय मन्त्रीज्यू, यो संकटपूर्ण परिस्थितीमा सबै क्षेत्रसँग सम्बन्धित श्रमिहरूप्रती मन्त्रालयको गम्भिर ध्यनाकर्षणको लागि टुकोन विषेश आग्रह गर्दछ ।
Search
News Events
-
गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत –कमल थापा
June 17, 2021 -
टुकोनद्वारा रक्तदान, कमल थापाद्वारा टुकोनको प्रशंसा
June 17, 2021 -
संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (JTUCC)
June 17, 2021 -
टुकोन राष्ट्रिय सम्मेलन
June 17, 2021
Issue / Campaigns
-
टुकोन राष्ट्रिय सम्मेलन
June 17, 2021 -
Deputy Prime Minister and Foreign Minister Hon. Kamal Thapa Interview with BBC World
June 17, 2021 -
Deputy Prime Minister And Foreign Minister Hon. Kamal Thapa’s Speech in TUCON Nepal.
June 17, 2021
