टुकोनले बनायो अनुशासन समिति

Spread the love


काठमाडौं । राप्रपा निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन)ले अनुशासन समिति गठन गरेको छ । देशभरी संगठन विस्तारमा उल्लेख्य प्रगति गरेको टुकोनले संगठनलाई मर्यादित र व्यवस्थित बनाउन थप सहयोग पुग्ने हेतुले अनुशासन समिति निर्माण गरिएको महासंघका अध्यक्ष हिक्मत जंग भण्डारीले बताउनुभयो ।


नवगठित समितिलाई जिम्मेवारी प्रदान गर्दै अध्यक्ष भण्डारीले संगठन मजवुद बन्दै गएको अवस्थामा टुकोनलाई अझ मर्यादित र व्यवस्थित बनाउन अनुशासन समितिबाट ठूलो अपेक्षा राखेको बताउनुभयो ।
ट्रेड युनियन महासंघ नेपाल (टुकोन)का केन्द्रीय समितिका सदस्यमध्येबाट गठित अनुशासन समितिको संयोजकमा लोकेन्द्र शाही (अछाम), सदस्य सचिबमा राजु श्रेष्ठ (भक्तपुर) तथा सदस्यहरुमा उत्तम घले (काडमाडौं), सर्मिला न्यौपाने (झापा) र कृष्ण प्रसाद खनाल (पाँचथर) रहनुभएको छ ।