टुकोनद्वारा लैंगिक नीति सार्वजनिक
काडमाडौं, १४ चैत । राप्रपा नेपाल निकट ट्रेड यूनियन महासंघ नेपाल (टुकोन) ले महासंघको लैंगिक नीति सार्वजनिक गरेको छ ।
टुकोनको महिला विभागद्वारा आयोजीत लैंगिक नीति निर्माण तथा प्रशिक्षण कार्यक्रम कार्यक्रमा महासंघका अगुवा महिला नेतृत्व तहलाई प्रशिक्षण प्रदान गरिएको टुकोनले जनाएको छ ।
महासंघका अध्यक्ष हिक्मतजंग भण्डारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा जिफन्टका उपाध्यक्ष सिता लामा, अन्टुक महिला प्रमुख एबं जेटियूसिसी महिला संयोजक बिष्णु थापा, जेटियूसिसीका कार्यकारी निर्देशक दिपा दवाडीलगायतले सम्बोधन गरेका थिए ।
महासंघका उपाध्यक्ष रन्जिता श्रेष्ठले शुभकामना मन्तव्यका साथै कार्यक्रमबारे प्रकाश पारेकी थिइन् भने महिला प्रमुख कर्म डोलकर गुरुङले ‘टुकोन लैंगिक नीति २०८०’ प्रतुत गरेकी थिइन् ।
ट्रेड यूनियन महासंघ नेपाल (टुकोन)ले आगामी दिनमा लैंगिक विभेदकारी विषयहरुलाई श्रमिकका तल्लो तहसम्म पुगेर चेतना अभिवृद्धि गर्दै हाल कायम रहेको राजनीतिक भ्रष्टाचारलाई निर्मूल पार्ने अभियान चलाउदै सम्बर्धनवादको बाटोबाट आम श्रमिकको अधिकार सुनिश्चित गर्ने महासंघका अध्यक्ष हिक्मत जंग भण्डारीले बताए ।
न्यूज अभियान बाट साभार
Search
News Events
-
गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत –कमल थापा
June 17, 2021 -
टुकोनद्वारा रक्तदान, कमल थापाद्वारा टुकोनको प्रशंसा
June 17, 2021 -
संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (JTUCC)
June 17, 2021 -
टुकोन राष्ट्रिय सम्मेलन
June 17, 2021
Issue / Campaigns
-
टुकोन राष्ट्रिय सम्मेलन
June 17, 2021 -
Deputy Prime Minister and Foreign Minister Hon. Kamal Thapa Interview with BBC World
June 17, 2021 -
Deputy Prime Minister And Foreign Minister Hon. Kamal Thapa’s Speech in TUCON Nepal.
June 17, 2021
