टुकोनको काठमाडौं ५ मा क्षेत्रीय समिति गठन

Spread the love


काठमाडौं । राप्रपा निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन) ले काठमाडौं क्षेत्र नं. ५ मा क्षेत्रीय कार्य समिति गठन गरेको छ । महासंघका अध्यक्ष एवं राप्रपा केन्द्रीय कार्य सम्पादन समितिका सदस्य हिक्मत जंग भण्डारी, वरिष्ठ उपाध्यक्ष बालकुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष आनन्द कुमार रिसाल, उपाध्यक्ष प्रवलनरसिंह राणा, महासचिब बद्री कुमार श्रेष्ठलगायत टुकोनका केन्द्रीय पदाधिकारी एवं सदस्यहरुको उपस्थितीमा ५ नं. क्षेत्रको क्षेत्रीय समिति गठन भएको हो ।


रामचन्द्र अर्यालको अध्यक्षतामा गठित सो समितिको सदस्यहरुमा सुब्बा नेपाली, कुमार खड्का, रामकृष्ण थापा, शशी प्रसाद कुईंकेल, रामलाल श्रेष्ठ, काली मिजार, मुरारी प्रसाद खनाल, रमेश सिलवाल, कर्म तामाङ, प्रदिप पोखरेल, विक्रम दाहाल, अनिश श्रेष्ठ र मनिष थापा रहनुभएको छ भने समितिको सल्लाहकारमा पार्टीका नेताद्वय सुनिता कुरुम्वाङ र केशव रेग्मी रहनुभएको छ ।
नवगठित समितिका पदाधिकारी तथा सदस्यहरुलाई स्वागत गर्दै टुकोनका अध्यक्ष हिक्मत जंग भण्डारीले नयाँ समितिबाट महासंघको उदेश्य अनुरुप आम श्रमिकवर्गको हितमा आवाज वुलन्द गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गर्दै शुभकामना दिनुभएको थियो । साउन मसान्त सम्ममा काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा क्षेत्रीय समिति गठन गरिसक्ने बताउँदै अध्यक्ष भण्डारीले श्रमिकहरुको हकहितका साथै महासंघको संगठन विस्तारमा समर्पित हुन नवगठित समितिलाई निर्देशन दिनुभयो ।