टुकोनले गर्यो पदाधिकारी चयन
काठमाडौं । राप्रपा निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन) ले पदाधिकारीहरु चयन गरेको छ । गत चैत्र ६ र ७ गते काठमाडौंमा सम्पन्न ऐतिहासिक प्रथम केन्द्रीय महाधिवेशन ४५ सदस्सीय केन्द्रीय कार्य समिति सर्वसम्मत निर्वाचित गरेको थियो । महाधिवेशनको केही समयपछि नै कोरोना संक्रमण तिव्र हुँदै गएपछि पदाधिकारी चयन तथा विधान बमोजिम केन्द्रीय समितिमा मनोनयनको कार्य अगाडि बढ्न सकेको थिएन । परिस्थितीमा क्रमिक सुधार हुन थालेकोले संगठनलाई चलायमान बनाउन प्रथम चरणमा बाँकी रहेका केन्द्रीय समिति सदस्य मनोनयनका साथै पदाधिकारी चयन र प्रदेश प्रमुखहरुको जिम्मेवारी बाँडफाँड गरिएको महासंघका अध्यक्ष हिक्मत जंग भण्डारीले बताउनुभयो ।
ट्रेड युनियन महासंघ नेपाल (टुकोन) ले आज विज्ञप्तीमार्फत पदाधिकारी चयन गर्नुका साथै प्रदेश प्रमुख, विभागीय प्रमुखहरुको जिम्मेवारी दिइएको जनाएको छ ।
टुकोनद्वारा जारी विज्ञप्ती अनुसार महासंघको सल्लाहकारमा बद्री के.सी. र शुवर्ण वैद्य रहनुभएको छ भने बालकुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष (सिन्धुपाल्चोक), वशन्त कुमार रिमाल, वरिष्ठ उपाध्यक्ष (झापा), आनन्द कुमार रिसाल, सचिबालय प्रमुख एवं प्रथम उपाध्यक्ष (नुवाकोट), प्रवल नरसिंह राणा, उपाध्यक्ष, प्रशिक्षण विभाग (काठमाडौं), राजेन्द्र अधिकारी, उपाध्यक्ष (कपिलवस्तु), टोपेन्द्र बहादुर शाही, उपाध्यक्ष (बाँके), ढुण्डीराज कंडेल, उपाध्यक्ष (दाङ), उत्तमराज उपाध्याय, उपाध्यक्ष (पर्सा), मिना श्रेष्ठ, उपाध्यक्ष महिला (बाँके) रहनुभएको छ ।


यसैगरी बद्रीकुमार श्रेष्ठ, महासचिब (काठमाडौं), भरत ढकाल, महासचिब (धादिङ), प्रेम क.े सी., उप महासचिब (बाँके), कुमार बस्नेत, उप महासचिब (झापा), दिपेन्द्र रेग्मी, उप महासचिब (चितवन) रनुभएभएको छ ।
प्रदेश प्रमुखहरुमा हर्कजंग थुङ्गिम लिम्बु (झापा), १ नं. प्रदेश, तेजनारायण साह (धनुषा) २ नं. प्रदेश, मोहन के. सी.(कास्की) गण्डकी प्रदेश, प्रमात कुमार श्रेष्ठ (बाँके) लुम्विनी प्रदेश, छत्र शाही (कैलाली) सुदुरपश्चिम प्रदेश रहनुभएको छ ।
यस्तै महासंघको सचिबमा राम बहादुर के.सी. (मोरङ), नविन सुबेदी (ललितपुर), सर्मिला न्यौपाने (झापा), हिराप्रसाद कर्माचार्य (भक्तपुर), प्रज्वल जंग शाही (बाँके), रोजीना गुरूङ (काठमाडौं) लाई जिम्मेवारी दिइएको छ भने कोषाध्यक्षमा सस्मिता सुवेदी (काठमाडौं) तथा वरिष्ठ केन्द्रीय सदस्यमा राजकुमार खड्का (काठमाडांै) लाई मोनित गरिएको छ ।
जिम्मेवारी बाँडफाँडको क्रममा मिना स्वर्णाकार (दाङ) लाई सामाजिक संघसंस्था समन्वय विभाग प्रमुख, शुसिला गिरी (काठमाडौं) लाई महिला विभाग प्रमुख, कृष्ण प्रसाद खनाल (पाँचथर) लाई सूचना तथा प्रकाशन विभाग प्रमुख, पद्मराज खनिया (लमजुङ) लाई वित्तिय संघसस्था विभाग प्रमुख तथा शिवराज के.सी. (भक्तपुर) लाई सहकारी संघसस्था समन्वय विभाग प्रमुख तोकिएको छ भने केन्द्रीय सदस्यमा शुरेन्द्र दयाल (वैतडी), रमेश कुँवर (काठमाडौं), विनोद राई (काठमाडौं), मधु श्रेष्ठ (सल्यान), कल बहादुर हमाल, (वर्दिया), लोकेन्द्र शाही (अछाम), पवन ज्ञवाली (नवलपुर) र बबुजय मुर्मु (झापा) लाई मनोनयन गरिएको विज्ञप्तीमा जनाइएको छ ।
Search
News Events
-
गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत –कमल थापा
June 17, 2021 -
टुकोनद्वारा रक्तदान, कमल थापाद्वारा टुकोनको प्रशंसा
June 17, 2021 -
संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (JTUCC)
June 17, 2021 -
टुकोन राष्ट्रिय सम्मेलन
June 17, 2021
Issue / Campaigns
-
टुकोन राष्ट्रिय सम्मेलन
June 17, 2021 -
Deputy Prime Minister and Foreign Minister Hon. Kamal Thapa Interview with BBC World
June 17, 2021 -
Deputy Prime Minister And Foreign Minister Hon. Kamal Thapa’s Speech in TUCON Nepal.
June 17, 2021
